रौतहट ,२० फागुन //
चन्द्रपुरमा रहेको होटेल तथा रेस्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा स्तरीकरण तथा नविकरण गरिएको छ ।
खाद्य स्वच्छताको अधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्वन्धी निर्देशिका २०७४ अनुसार खाद्य स्वच्छता समवन्धि ५० वटा बुंदामा प्रत्यकको २ अंकको दरले सय पूर्णाङ्क वा सो भन्दा माथि ९० भन्दा बढी प्राप्त अंकलाई अति उत्तम, (क) वर्ग, यस्तै ८० भन्दामाथि ८९ सम्म प्राप्तलाई उत्तम (ख) वर्ग, ६५ देखि ७९ सम्मको प्राप्त अंकलाई सन्तोषजनक (ग) वर्ग र ५० देखि ६४ सम्म प्राप्त अंकलाई (घ) वर्ग तथा सम्मान्य लोगो वितरण गर्ने प्रावधान रहेको छ ।
खाद्य स्वच्छताको आधारमा गरिएको स्तरीकरणमा चन्द्रपुरमा रहेको होटेल तराई इन (क) वर्ग अर्थात (थ्रि स्टार) मा पर्न सफल भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
उनका अनुसार (ख) वर्ग अर्थात (टु स्टार) मा चन्द्रपुरको होटेल आरोही र गौतम होटल परेको हो । यस्तै (ग) वर्ग अर्थात (वन स्टार) मा चन्द्रपुरका ६ वटा होटेल सुर्दशन, पशुपती, अल्पाइन, ए.एन प्लाजा, हिमालयन, आर आर गेष्ट हाउस परेको सिंहले बताएका छन् ।यस्तै (घ) वर्ग तथा सम्मान्यमा चन्द्रपुरका १३ वटा होटेल परेको छ ।
बिहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंह र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा सर्लाहीका प्रमुख जगत प्रसाद चौधरी, उपभोक्ता हिंत संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरे, होटल व्यवसाई संघ रौतहटका अध्यक्ष मदन तिमल्सिना, उद्योग वाणिज्य संघ चन्द्रपुरका महासचिव सुनिल कुमार साह, चन्द्रपुर नगरपालिका वडा नं—४ का वडाअध्यक्ष अमर बहादुर आले तथा ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त होटेल स्तरीकरण तथा नविकरण कार्याक्रम गरिएको थियो ।


