Tuesday, May 5, 2026

आगामी जेठको तेस्रो सातादेखि ११ कक्षाको परीक्षा हुने

पछिल्लाे समाचार


रौतहट , ४ चैत //
आगामी जेठको तेस्रो सातादेखि ११ कक्षाको परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ।
शैक्षिक वर्ष २०७८ जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएकोले त्यससँग नजुध्ने गरी सञ्चालन परीक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डले एक सूचना जारी गर्दै २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने बोर्डले जानकारी दिएको छ ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ । सोही सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोछ ।

सोही अनुसार बोर्डले परीक्षा गर्न/गराउन निर्देशन दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु