Wednesday, May 13, 2026

आज जुडशीतल पर्व मनाइँदै , मधेश प्रदेशमा सार्वजनिक विदा

पछिल्लाे समाचार


रौतहट , २ बैशाख //
मधेश प्रदेश सहित मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ ।

प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिई जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै यो पर्व मनाउने गरिन्छ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्दछन।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा समेत चलिआएको छ।

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहिआएको छ।

आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् । घरघरमा विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ ।

जुडशीतलको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु