रौतहट , ७ बैशाख //
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
नेकपा एमालेको नगर कमिटिको मंगलबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको छ ।
नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्यले नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम सिफारिस गरिएको जानकारी दिए ।


