Thursday, April 30, 2026

स्थानीय तहको निर्वाचन हुनु तिन दिन अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने

पछिल्लाे समाचार


रौतहट , ७ बैशाख //
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुनु तिन दिन अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय भएको छ।

भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानिय थाको निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए ।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेका थिए ।

प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागितामा बैठक सम्पन्न भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु