बारा , १ बैशाख //
बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ का चालक २५ वर्षीय लोकनाथ सेढाइ रहेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
यस्तै घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
दुर्घटनामा परेर जीतपुरसिमरा–११ बस्ने २२ वर्षीया उषा सेढाइ, २ वर्षीय अभय सेढाइ, ४ वर्षीया अंशु सेढाइ, ४० वर्षीया इच्छादेवी मिजार, ४८ वर्षीय जोगी मिजार, वीरगञ्ज–३२ बस्ने ५३ वर्षीया लालमुनिदेवी, १४ वर्षीया आशा साह, पर्साको बिन्दवासिनी–२ बस्ने २२ वर्षीय प्रेम साह, १२ वर्षीय राजु गुप्ता, जीतपुरसिमरा–७ बस्ने २५ वर्षीया निर्मला देवी साह, ९ वर्षीय निखिल कुमार साह, ७ वर्षीय निवेश कुमार साह र एक जना पहिचान नखुलेको व्यक्ति घाइते भएका छन्।
उनीहरुलाई थप उपचारको लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


