महोत्तरी , ७ वैशाक //
महोत्तरीमा हावाहुरीमा परेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ८ रतवाराकी ४५ बर्षीया कुशन देवी मुखिया रहेकी छन् ।
मंगलबार राति हावाहुरी चलेपछि आफ्नै गोठमा भैसी बाध्ने क्रममा घरको छाप्रो माथिबाट जस्ता झर्दा उनको निधारमा गहिरो चोट लागेको थियो ।
चोट लागेर घाइते महिलाको उपचारको लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हेको महोत्तरी प्रहरीले जनाएको छ ।


