रौतहट ११ बैसाख /
स्थानीयतह लागि रौतहटमा मनोनयन दर्ताको आइतबार पहिलो दिन न्यून संख्यामा उम्मेदवारी दर्ता भएका छन ।
जिल्लाका १८ स्थानीय तहका निर्वाचन कार्यालयहरुमा आइतबार धेरैजसो स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
सदरमुकाम गौरमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले मनोनयन दर्ता गराएका छन् यस्तै निवर्तमान मेयर अजयकुमार गुप्ताले लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सो पार्टी बाट उपमेयरमा उषा झाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
ईशनाथ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा अञ्जु झा र उपमेयर पदमा लालबिहारी साहले मनोनयन दर्ता गराएका छन् ।
चन्द्रपुर नगरपालिका ४ मा वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार केदार प्रसाद तिमल्सेनाले मनोनयन दर्ता गरेका छन ।
तिमल्सेना रिक्सा चालक हुन । उनी १५ बर्ष अघि देखि चन्द्रपुरमा रिक्सा चलाउदै आएका छन । उनले चन्द्रपुर नपाको केन्द्र रहेको वडा नम्वर ४ बाट उम्मेदवारी दिएका हुन ।
यस्तै चन्द्रपुर नगरपालिकाको मेयरमा उन्नत लोकतान्त्रीक पार्टीका तर्फबाट किरण घिमिरे,स्वतन्त्रबाट टिकाजंग देवकोटा र नेकपा समाजवादीका तर्फबाट प्रेमनाथ तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रपुर नगरपालिकामा तीन जना मेयर सहित ५ जना वडा अध्यक्षले उम्मेदवारी दर्ता गराएका छन् । रौतहटमा १८ स्थानीय तह मध्ये १६ नगरपालिका र २ गाउँपालिका रहेका छन /


