Thursday, April 30, 2026

एमाले बाट मधेश प्रदेशमा दर्जन बढी पालिकाहरुमा महिला उम्मेद्वारको दावेदारी

पछिल्लाे समाचार

वीरगञ्ज / आउने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पालिका प्रमुखमा मधेस प्रदेशका महिलाहरुले शशक्त दावेदारी गरेका छन्।
विभिन्न पालिका कमिटीहरुले महिलाहरुलाई प्रमुख पदमा सिफारिस गरेका छन् ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य महेश दासका अनुसार बाराको सिमरा जितपुर उप महानगर पालिकामा सरस्वती चौधरी , निजगढ नगरपालिकामा लिला खनाल , रौतहटको चन्द्रपुर नगरपालिकामा शारदा हुमागाई,र कोपिला तिमल्सेना , राजदेवी नपामा अंशु सिह ,मौलापुरमा रिना कुमारी साह, विजयपुर नगरपालिकामा कान्तीदेवी महतो, देवाही गोनाही नगरपालिकामा परनिया देवी पटेल , गढीमाई नगरपालिकामा रिता बस्नेत को दावी रहेको छ ।
यसैगरी सर्लाही को वरहथवा नगरपालिकामा कल्पना कटुवाल, वागमती नगरपालिकामा विभा नेपाल, लालवन्दी नगरपालिकामा उत्पला ढुङ्गेल, महोत्तरीको वर्दीवासमा दुर्गा दाहाल, सिरहाको कर्जना नगरपालिकामा कल्याणी ढुङ्गाना र लहान नगरपालिकामा सरीचार चौधरी रहेका छन ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य ज्वाला साह महिलालाई स्थानीय सरकारको नेतृत्वमा ल्याउन पार्टीको विशेष ध्यान जाने बताउनुहुन्छ ।

यतिधेरै महिलाहरुले पालिका हाँक्ने आँट देखाउनु नै पार्टीकै लागि ठूलो सम्पती भएको साहको भनाइ छ ।
नेता साहको भनाइमा मधेसका महिलाहरु अब घरभित्र मात्र बस्ने,पुरुषको मातहतमा मात्र बस्ने र लाए अह्राएको मात्र गर्ने अवस्थाबाट माथी उठेकाा छन् । जसले गर्दा अनेकौं अवरोधका बाबजुत पनि प्रमेख पदमा दाबी गर्न सक्ने भएका छन् । यो दाबीलाई यथार्थमा बदल्न पार्टी नेतृत्वसँग आफूले लविङ गर्ने साहको भनाइ छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ मधेस प्रदेशका संयोजक निर्मला देवकोटा मधेस प्रदेशमा यति धेरै महिलाहरुको मेयरमा दाबेदारीले मधेसी महिलाहरु अब देखिने गरी नेतृत्वमा आउन सक्षम भएको बताउनुहुन्छ । मधेसी महिलाहरु अब आरक्षणको पर्खाइमा मात्र होइन आफैं लडेर पनि प्रमुख पदमा दाबी गर्न सन्ने भएकाे देवकोटा बताउनु हुन्छ ।
मधेस प्रदेशका स्थानीय तहमा अखिल नेपाल महिला संघ मधेस प्रदेशले महिलालाई प्रमुखमा उम्मेदवार बनाउन पार्टी नेतृत्व समक्ष माग गरीएको एमाले केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ मधेस प्रदेशका सचिव कल्पना कटुवालको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु