महोत्तरी , ११ बैशाख //
महोत्तरीमा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा घर भई हाल महोत्तरीको मंगहा नगरपालिका–६ हातिसर्वामा मामाको घरमा बस्दै आएका राम अशिष महतोको १० वर्षीय छोरा शिव महतो रहेका छन्।
शनिवार दिउँसो करिब २ बजे शिव मन्दिरको छेउमा रहेको पानी खाने कल चलाउने क्रममा बालकलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
उक्त पानी खाने कलमा मोटर जडान भएको हुँदा अचानक करेन्ट लागी मृत्यु भएको उनले जानकारी दिए।


