रौतहट, ११ वैशाख / मधेश प्रदेशका पूर्व राज्यमन्त्री तथा प्रदेश साँसद डा. डिम्पल झाको शनिवार राति ४२ बर्षको उमेरमा निधन भएको छ ।
रौतहटको दुर्गा भगवती गाउपालिका ३ मत्सरी घर भएकी नेता झा लामो समय देखि क्यान्सर रोग बाट पिडित थिइन ।
गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर विद्यार्थीकाल देखि नै राजनितिमा प्रवेश गरेकी उनी पुर्वमन्त्री तथा संघिय सासद अनिल झा की श्रीमती हुन ।
नेता झाको उपचारको क्रममा काठमाण्डौमा निधन भएको र गृहजिल्ला रौतहट उनको पार्थिव शरीर पैतृक गाउँ दुर्गा भगवतीको मत्सरी ल्याउने पारिवारीक श्रोतले जानकारी दिएको छ ।


