रौतहट , ११ बैशाख //
रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको शव कुहिएको अवस्थामा फेला परेको छ ।
देवाही गोनाही नगरपालिका ५ मा स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
बरामद शव कुहिएको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि तृबी शिक्षण अस्पताल काठमाडौं पठाइएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
पुरुषको हत्या भएको हुनसक्ने अनुमान रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जाकारी दिएको छ ।


