रौतहट ११ बैसाख / नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि एकरामुल हक सहितका कार्यकर्ताहरु पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।
गुजारा नगरपालिकाका मेयर प्रत्यासी स्व.शेख दाउदका छोरा एकरामुल हक र कांग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।
कटहरिया स्थित तराई मधेस सहिद स्मृति प्रतिस्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच नेकपा एमाले केन्द्रिय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले नवप्रवेशी लाई टीका र माला लगाएर स्वागत गरेका थिए ।
कांग्रेस जिल्ला सभापति सुनिल यादव जितेन्द्रले पार्टी बिधान बिपरित विभिन्न प्रभावमा परेर टिकट बितरणमा काखापाखा गरिरहेकाले आफुहरुले कांग्रेस छोडेर एमाले प्रवेश गरेको एकरामुल हकले प्रतिक्रिया दिएका छन ।
उक्त अवसरमा एमाले प्रदेश उपसचिव आरती भण्डारी ,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,नगर प्रवक्ता चन्दन कुश्वाहा लगायतको सहभागिता थियो ।


