रौतहट , ११ बैशाख //
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।
स्थानीय तहको चुनाव लड्नको लागि उम्मेदवारी दर्ता मिति आइतबार र सोमबार तोकिएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ११ ,१२ मनोनयनपत्र दर्ता गर्ने , मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची भोलिनै प्रकाशन गर्ने र वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने मिति तय गरिएको छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले सार्वजानिक गरेको कार्यतालिकामा उल्लेख छ ।
यस्तै, वैशाख १६ गते (शुक्रबार) उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ।


