Tuesday, April 28, 2026

पर्सामा कुनै पनि दलले आज मनोनयन दर्ता नगराउने

पछिल्लाे समाचार


पर्सा , ११ बैशाख //
पर्सामा कुनै पनि दलले आज मनोनयन दर्ता नगराउने भएको छ ।आगामी बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनको लागि पर्साका कुनै पनि दलले आज मनोनयन दर्ता नगराउने भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ।

जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीलगायत अन्य केही दलहरुले पनि मनोनयन दर्ताका लागि भोली सोमबारको समय लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार र सोमबार गरि दुइ दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएपनि पर्साका कुनैपनि दलले आइतवारका लागि समय नलिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिइन् ।

उनका अनुसार तिन दल नेपाली कांग्रेस, नेकपा एमाले र लोतान्त्रिक समाजवादीले सोमबारका लागि समय लिएका छन् । कांग्रेसले सोमबार दिउँसो २ बजे, नेकपा एमालेले अपरान्ह ३ बजे र लोसपाले अपरान्ह साढे ३ बजेका लागि समय लिएको झाले जानकारी दिइन् ।

जनता समाजवादी पार्टीले पनि सोमबार मनोनयन दर्ता गराउने जनाएको छ । यद्दपी दलहरुले आइतबार समय नलिएपनि इच्छुक जोकोही योग्य व्यक्तिले आजै मनोनयन दर्ता गराउन सक्ने झाले बताइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु