सप्तरी , ५ बैशाख //
प्रेस चौतारी नेपाल सप्तरी शाखाले प्रचार डेस्क संचालन गर्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्नको लागि जिल्लामा प्रचार डेस्क संचालन गर्ने भएको हो ।
जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको प्रयोगबाट प्रचार प्रसारलाई व्यवस्थित बनाउने प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष डम्बर राइले जानकारी दिए।
प्रेस चौतारी नपाल सप्तरी शाखाको आयोजना र नेकपा एमाले सप्तरी जिल्ला कमिटीको ब्यवस्थापनमा शनिबार कन्चरुप नगरपालिकामा सम्पन्न प्रचार भेलालेले जिल्ला का १८ वटै स्थानीय तहमा प्रेस चौतारी नेपाल सप्तरी शाखा मा आबद्ध पत्रकार हरु लाइ परिचालन गर्ने निर्णय गरेको छ।
केन्द्रीय प्रचार विभाग र प्रदेश सूचना डेक्सहरुसँग समन्वय गरी सञ्चार माध्यमबाट प्रशारण गर्न प्रतिवद्धताका साथ लागि पर्ने, एमाले केन्द्रीय कमिटी, जिल्ला र पालिका कमिटीले तयार पारेका घोषणापत्रका महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रशारण गर्ने, पालिकाहरुले निर्माण गर्ने घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका लगाएतको निर्णय अध्यक्ष राइले जानकारी दिए।
भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र कार्की , नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज दिवाकर देबकोटा ,प्रदेश कमिटी सदस्य बशन्त मिश्र ,जिल्ला पार्टी सचिब देबनाथ यादव तथा नेकपा एमाले सप्तरीका १८ वटै पालिकाका नगर कमिटी अध्यक्ष ,सचिवहरुको उपस्थिति रहेको थियो।


