Monday, May 4, 2026

बाघको आक्रमणबाट बारामा दुइजना घाईते

पछिल्लाे समाचार


बारा , ५ बैशाख //
बारामा बाघको आक्रमणबाट दुइजना घाईते भएका छन् ।
शनिबार जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै तपोभुमी सामुदयिक वनमा बाख्रा चराउँन गएका बेला ४२ वर्षिय दिलबहादुर मुक्तान र उनकी ३८ वर्षिया श्रीमती माईली माया रुम्बा घाइते भएका हुन्।

सुरुमा माईली मायाँलाई बाघले आक्रमण गरेपछि उनलाई बचाउन गएका श्रीमान दिल बहादुरलाई समेत बाघले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए ।

रुम्बाको घाँटी र छातिमा अनि मुक्तानको छाती अनी पाखुरामा चोट लागेको छ उनले बताए ।घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाईएको र दुबै जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओलीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु