रौतहट , २ बैशाख //
रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
शुक्रबार मौलापुर नगरपालिका पथराबुधराम स्थित एक कार्यक्रमका बीच उपमेयर कुश्वाहा र उनका सबै समर्थक जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकी हुन्।
कुश्वाहा र उनका समर्थकलाई एमाले स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुर नगर प्रमुख रिनाकुमारी साहले संयुक्त रूपमा माला र टिका लगाई एमालेमा प्रवेश गराएका हुन्।
कार्यक्रममा मौलापुर नगरपालिकाको उपप्रमुख गौरीशंकर जयसवाल, एमाले प्रदेश कमिटी सदस्य मनोज यादव , किरण साह,जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतको उपस्थिति रहेको थियो।


