Thursday, April 30, 2026

मधेश प्रदेशमा एमालेको जनसंगठनहरुको भेला सम्पन्न

पछिल्लाे समाचार

सर्लाही ६ बैशाख //
नेकपा एमालेका सम्पूर्ण जनसंगठनहरुको मधेश प्रदेश स्तरीय संयुक्त भेला सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।
बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशका सम्पूर्ण पालिकामा नेकपा एमालेलाई विजयी गराउन आ-आफ्नो स्तरबाट फिल्डमा होमिन २२ वटै जनसंगठनलाई निर्देशन नेकपा एमाले स्थायी कमिटी सदस्य , मधेश प्रदेश सह इन्जार्ज प्रभु साहले निर्देशन दिएका छन ।
पाँच दलको अपवित्र गठबन्धनले फैलाएको राजनीतिक गन्धबाट देशलाई मुक्त गर्न आसन्न स्थानीय तहमा नेकपा एमालेलाई मतदान गर्न २२ वटै जनसंगठनले आम जनसमुदायलाई अपिल गर्न घरदैलोमा पुग्ने अठोट लिएका छन ।
जन संगठनका अगुवाहरुले मधेश प्रदेशमा जनसंगठनहरुको अवस्था र जनसंगठनको चुनावी अभियानको रणनितीको बारेमा रिपोर्टिङ गरेका छन ।
सो कार्यक्रम गोडैता नगरपालिकाको नेपाली कांग्रेसका प्रभावशाली नेता श्यामबाबू साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताले एमाले प्रवेश गरेको छन ।
नवप्रवेशी हरुलाई नेता प्रभु साहले पार्टीमा स्वागत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु