काठमान्डौ , ६ बैशाख //
अगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराउन चाहने जनप्रतिनिधिले राजिनामा दिनु पर्ने भएको छ ।
यस अघि सर्वोच्च अदालतले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
तर मंगलबार सो आदेश खारेज भएको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश खारेज गरेको हो ।
स्रोतका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय भएको छ ।


