जनकपुरधाम , ६ बैशाख //
लोसपाबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि सिफारिस वडाध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेका छन्।
उनलाई मंगलबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
साह २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनले आगामी निर्वाचनको लागि लोसपाबाट मेयर पदका लागि दावेदार थिए ।


