रौतहट , ६ बैशाख //
केही दिन देखि बढ्दै गएको गर्मीको कारण रौतहटका जनजीवन प्रभावित बन्दै गएको छ ।चैत महिनाको अन्तिम साता देखि निरन्तर रुपमा बढिरहेको गर्मीको कारण मानिसहरु दिउसो घरबाट बाहिर निस्कन समेत छाडेको छ ।
चर्को घाले शरिरबाट अत्याधिक पसिना बगेकोले ज्याननै अलसतलस हुने ,टाउको दुख्ने, मुर्छा पर्ने, शरीरमा अल्छिपना हुने जस्ता स्वास्थ्य समस्या भएका बिरामीहरु निकै बढेका छन् । विगत तिन चार दिन देखि रौतहट सहित यस भेगको तापक्रम ३८ देखि ४० डिग्रीको आसपास पुगेको छ ।
गर्मी र केहि दिन दिन देखि चलेको तातो हावाका कारण दिउँसोपख घरबाहिर निस्कनै मुस्किल पर्छ । गर्मीले ज्याला मजदुरी गरेर खाने मजदुर परिवार र खेतबारीमा काम गर्नुपर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन् ।
गर्मीकै कारण काम गरेर खान समस्या परेको उनीहरुको गुनासो छ । गर्मीले गर्दा ग्रामिण भेगका बस्तीहरु गर्मी र धूलो धुँवाबाट झनै बढी प्रभावित भएका छन् । बजार क्षेत्रका मानिसहरु गर्मी छल्न पेय पदार्थको बढी सेवनमा लागिपरेका छन् भने कतिपयहरु तिर्खा मेटाउन काकडो, खरबुजाको प्रयोग गर्ने गरेको पाइन्छ ।
प्रादेशिक अस्पताल गौरका प्रमुख कष्णाप्रसाद साहले बढ्दो गर्मीबाट जोगिन चर्को घाम लागेको र तातो हावा चलेको बेला घरबाहिर ननिस्कन अनी शरीरलाई शित्तलता दिने खानेकुरा पर्याप्त खान सुझाव दिएका छन्।


