रौतहट , २ बैशाख //
रौतहटको चन्द्रनिगाहपुरबाट मोटरसाईकल चोरी गर्ने क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिकाको चोचा मैरा घर भएका राहुल चौधरी रहेका छन्।
उनलाई नयाँ बर्षको दिन चन्द्रनिगाहपुरको ओल्ड हाउस क्याफे अगाडी पार्किङ गरी राखेको मोटर साईकल चोरी गर्ने क्रममा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवालले जानकारी दिए।
चौधरीको साथबाट मोटर साईकल चोरीमा प्रयोग हुने औजार समेत बरामद भएको उनले बताए।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


