Wednesday, May 13, 2026

रौतहटमा काठ तस्करको आक्रमणबाट दुई जना कर्मचारी घाइते

पछिल्लाे समाचार


रौतहट , २ बैशाख //
रौतहटमा काठ तस्करको आक्रमणबाट दुई जना कर्मचारी घाइते भएका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन् ।

​फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको तथा उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको डिभिजन बन कार्यालयका प्रमुख अमरदेव यादवले जानकारी दिए । यादवका अनुसार वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचारपछि उनी हाल जिल्ला वन कार्यालयमा रहेका छन् ।

गएराति फोरेस्टर महतो र बन रक्षक बुढाथोकी सिमरी गाउँतर्फ गस्ती गर्न जाने क्रममा राति १२ बजे सिम्रि गाउँ छेउमा दुईजना तस्कर मोटरसाइकलमा काठ चोरेर गैरहेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरु काठ सहितको मोटरसाइकल त्यहीँ छोडेर भागेका थिए ।
गस्ती टोलीमा २ जनामात्र रहेको थाहा पाएपछि उनीहरु सिमरी गाउँबाट थप केही मानिस बोलाएर फोरेस्टर सम्भु महतो र बन रक्षक रत्न बुढाथोकीमाथि आक्रमण गरेको यादवले जनाए ।

आक्रमण पछि प्रमुख यादवको निर्देशनमा सशस्त्र प्रहरीसहित थप वन सुरक्षा टोली त्यहाँ पुगेर फोरेस्टर महतो र बन रक्षक बुढाथोकीको उद्वार गरेका थिए।

वन गस्तीटोलीले आज बिहान घटनास्थलबाट तस्करले प्रयोग गरेको बा २६ प ४४१२ पल्सर १५० सिसिको मोटरसाइकल र चोरेर लगिरहेको काठ बरामद गरेको यादवले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु