Thursday, April 30, 2026

लमहा पुल नजिकै टाटासुमो र मोटरसाइकल ठोकिँदा एकजना मृत्यु

पछिल्लाे समाचार


मुकेश कुमार साह,रौतहट ११ बैशाख  । पुर्व पश्चिम राजमार्गको लमहा पुल नजिकै मोटरसाइकल र टाटासुमो ठोकिँदा एकजना मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका राजेश यादव रहेका छन्  । उनि सामाजिक विकास मन्त्रालय हेटौडाको कार्यलयमा सहयोगी रहेको घटना स्थलबाट फेला परिचय-पत्रमा उल्लेख रहेको छ। दुर्घटनामा टाटासुमोका एकजना समेत घाईते भएका छन । उनको पहिचान हुन् सकेको छैन ।

आइतबार पुर्व बाट पश्चिम जादै गरेको बा ३ ब ७४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना १ झ २१७१ नम्बरको टाटासुमो एक-आपसमा ठोकिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी सन्तुलाल जैसवाल ले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धन भईरहको जैसवालले बताएका छन् । शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पतालमा राखिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु