Wednesday, May 6, 2026

भोट माग्ने क्रममा पैसा बितरण गर्ने दुई उम्मेदवार पक्राउ

पछिल्लाे समाचार


सिरहा , २५ बैशाख //
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि भोट माग्ने क्रममा पैसा बितरण गर्ने दुई उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले आफूलाई समर्थन गर्न र मतदान गर्न भन्दैँ स्थानीयलाई पैसा वितरण गरेको अवस्थामा दुई जनालाई शनिबार नियन्त्रणमा लिएको हो ।

सिरहा नगरपालिका वडा नम्बर १ बाट स्थानीय सुन्दर मण्डल र हरदियाल पासवानलाई पैसा वितरण गर्ने क्रममा पक्राउ गरिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि स्थानीयलाई पैसाको प्रलोभन देखाएको आरोपमा उनी दुवै जनालाई हिरासतमा लिएको तथा उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु