रौतहट २६ बैसाख । नेकपा एमालेका चन्द्रपुरका उम्मेदवारहरुले चौक क्षेत्रमा घरदैलो गरेका छन ।
घरदैलोमा एमालेका मेयरका उम्मेदवार शिव आचार्य , उपमेयरको उम्मेदवार मुना लामिछाने मगर, ४ नम्वर वडाका अध्यक्षका उम्मेदावर रबि रानामगर लगाएत उम्मेदवारहरुले ले घरदैलो गरेका छन ।
घरदैलो पछि कोण सभामा बोल्दै मेयरका उम्मेदवार शिव आचार्यले चन्द्रपुर लाइ बिकासको नमुना बनाउने उदेश्यले आफु उम्मेदवार भएको बताएका छन ।
चन्द्रपुर ४ को मुख्य चौकको समस्या , वडाको समस्या लाइ आफुले समाधान गर्ने योजनाको साथ अगाडी बढेको आचार्यले बताए ।
सडक बति , पार्कीङ्ग,ढल नाला निमार्ण तथा व्यापारीहरुको समस्याहरु समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कोण सभामा बोल्दै मेयरका उम्मेदवार आचार्यले ५ बर्षमा यसअघिका जनप्रतिनिधीहरुले चन्द्रपुरलाइ ठगेको बताएका छन ।
चन्द्रनिगाहपुर गाबिस हुदा जस्तै नगरपालिकाहुदा पनि त्यस्तै रहेको चन्द्रपुर चौक बजार बनाउन आफु संग योजना रहेको उम्मेदवार शिव आचार्यले बताएका छन ।
बिपक्षीहरु तर्सिएर अनेक भ्रमहरु छरीरहेकाले त्यसको पछि नलाग्न समेत आचार्यले चन्द्रपुरबासीहरु लाइ आग्रह गरेका छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मीले कोण सभामा चन्द्रपुरलाइ दुर्दशा बाट छुटकार दिन एमालेका उम्मेदवार लाइ जीताउन आग्रह गरेका छन ।
चन्द्रपुरमा ५ बर्ष शासन गरे फेरी भोट माग्न नगरमा , वडामा आइरहेकाले त्यस्ता पात्र चिन्न पनि नेता रेग्मीले चन्द्रपुरबासी संग आग्रह गरेका छन ।


