Wednesday, May 6, 2026

अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


बारा , २५ बैशाख //
बाराको सिम्रौनगढबाट अवैध हतियारसहित दुई जना भारतीय नागरिक प्रहरीले लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कसवा लौखानका २३ वर्षीय पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेका छन्।

उनिहरुको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताएका छन।
उनका अनुसार हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु