रौतहट , २६ बैशाख //
एमाले चन्द्रपुरका उपमेयरका उम्मेदवार मुना सुबेदी लामिछाने मगर अहिले मतदाताहरुको अमुल्य मत माग्न घरदैलो अभियानमा व्यस्त रहेकी छन् ।
मतदाताहरुको घर पुग्दा सबैले शुभ आर्शिवाद दिएको र आम मतदाता आफु प्रति सकरात्मक भएको उनले बताएकी छन् ।
२०६५ साल देखी चन्द्रपुरमा बिभिन्न पदमा बसेर काम गदै आएकि मगरले एक कार्यकाल चन्द्रपुर नगर कमिटि र २ कार्यकाल नेकपा एमालेको जिल्ला कमिटिमा बसेर काम गरेको समेत बताएकी छन् ।
सामुदायिक वन उपभोक्ता समिति,सामुदायिक वन उपभोक्ता महासंघ रौतहटमा बसेर पनि समाजिक कार्य गदै आएको उप प्रमुखको उमेदवार लामिछानेले चन्द्रपुर नगर क्षेत्रमै करिब १३ बर्ष समाजिक कार्य गदै आएको उनले बताइन।
समाजिक कार्य पनि यही समाजको माया र स्नेहले गर्न पाएको बताउंदै लामिछानेले अब फेरी एक पटक समग्र नगरको समाजिक काम गर्न अबसर दिनुहुन उनले आम मतदातालाइ आग्रह गरेकी छन् ।


