चन्द्रपुर २२ बैसाख / चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारको रुपमा कृष्ण खड्का चुनावी मैदानमा उत्रिएका छन् ।
पूर्व पश्चिम राजमार्गसँग जोडिएको र मुख्य ब्यापारिक केन्द्र यही वडा नम्बर ४ मा पर्दछ । चन्द्रपुरको केन्द्र मानिने वडा नम्बर ४ लाई नेतृत्व गर्न उनी चुनाबी मैदानमा उत्रिएका छन । खड्काले २०७४ सालमा वडा सदस्य निर्वाचित भएर पाँच वर्ष जनताको सेवा गरिसकेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा सदस्यमा निर्वाचित भई ५ वर्ष जनप्रतिनिधिको रुपमा कार्यकाल पूरा गरेका उनले चन्द्रनिगाहपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था, भूतपूर्व सैनिक संघ र सामुदायिक वन उपभोक्ता समूहमा रहेर काम गरेका छन ।
चन्द्रपुर ४ लाई दश वडामध्ये नमूना वडा वनाउने स्पष्ट कार्य योजनाका साथ चुनावी अभियानमा होमिएका छन् ।
बैशाख ३० गते ‘कलम चिन्ह’मा मतदान गरी जनताको सेवा गर्ने अवसर प्रदान गर्न अनुरोध गर्दै घरदैलोमा जुटेका वडाध्यक्ष पदका उम्मेदवार खड्का र सदस्य पदका उम्मेदवाहरु प्रेमकुमारी दर्लामी, खर्कबहादुर आलेमगर, अमिता विश्वकर्मा र भरत गुरुङले वडालाई समृद्ध बनाउने प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।
यस्ता छन् प्रतिबद्धताहरुः
जिल्ला वन कार्यालय नजिकै पर्यटकहरु आकर्षित गर्न रिफ्रेस्मेन्ट सेन्टर सञ्चालन गर्ने, वडा भित्रका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन, टोलटोलमा निःशुल्क सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन, कृषिमा यान्त्रिकरण, आधुनिक औजार तथा उपकरणमा अनुदानको व्यवस्था, वडास्तरीय कृषि तथा पशु स्वास्थ्य केन्द्र स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
त्यसैगरी भ्यू टावर सौन्दर्यकरण गर्ने, युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, एक टोल एक उत्पादन अभियान सञ्चालन गर्ने, लघु उद्योगहरु सञ्चालन गरी रोजगारी सिर्जना गर्ने, होटल व्यवसायको प्रवर्धन, विकास र सुरक्षा प्रदान गर्ने, खेलकुद क्षेत्रलाई प्रबद्र्धन गर्दै आत्मनिर्भर बनाउने, सडक, पेटी र नाला निर्माण गर्ने जस्ता योजनाहरु प्रतिबद्धता पत्रमा उल्लेख छ ।


