Monday, May 4, 2026

चन्द्रपुरमा किसानहरुको हितको लागी कृषि बिमाको ब्यबस्था गर्ने एमाले का मेयर का उम्मेद्वार आचार्यको प्रतिवद्घता

पछिल्लाे समाचार

रौतहट २२ बैसाख / चन्द्रपुर नगरपालिकाको लागी एमालेका तर्फबाट नगर प्रमुख उमेदवार शिब प्रसाद आचार्यले किसानहरुको हक हितको लागी कृषि बिमा गरिने बताउनु भएको छ ।
चन्द्रपुर नगरपालिकाको वाड नं. १ मंगलपुरमा घरदैलो पछि आयोजित आमसभालाइ सम्बोधन गदै नगर प्रमुखका उमेदवार अचार्यले यस्तो बताउनु भएको हो ।
नगर प्रमुखका उमेदवार आचार्यले कृषकलाई साना, मध्यम तथा ठुला तिन वर्गमा विभाजन गर्दै कृषक परिचयपत्र वितरण गरि कार्यक्रम संचालन गर्ने कुरा नेकपा एमालेले घोषणा पत्रमै उल्लेख गरिसकेको जानकारी दिनुभएको छ ।
उहाले किसानहरुको हक हितको लागी उत्पादनको आधारमा अनुदानलाई पारदर्शी बनाउने,सहकारी मार्फत ठुला कृषि तथा पशु फार्महरु स्थापना गर्ने ,कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न मल विउ तथा सिंचाईको विशेष प्याकेज ल्याउने ,मल वितरण प्रणालीलाई थप व्यवस्थित गर्दै लैजाने,गोठे मलको प्रयोग मार्फत अर्गानिक कृषि उत्पादनमा विशेष जोड दिने कुरालाइ उच्च प्राथामिकाताको साथ राखेको जानकारी दिनुभएको छ ।
बढी मुल्यजाने तरकारी, फलफूल तथा पशुजन्य उत्पादनमा जोड दिने,‘एक वडा एक कृषि तथा पशु सेवा केन्द्र’ मार्फत सुविधा सम्पन्न सेवा प्रदान गर्ने,कृषि तथा पशुजन्य उत्पादनको उचित बजार प्रवन्ध मिलाउने, व्यवसायिक कृषि तथा पशु पालनलाई जोड दिन सरकारी जमिन न्युनतम मुल्यमा करार सम्झौता मार्फत भाडामा लगाउने व्यवस्था मिलाउने समेत आचार्यले जानकारी दिनुभएको छ । नगर प्रमुखका उमेदवार आचार्यले ‘उत्कृष्ट कृषक’ सम्मानको व्यवस्था गर्ने,बजारबाट निस्कने कुहिने फोहोरलाई अलग्गै राख्ने व्यवस्था मिलाई गड्यौला मल उत्पादनमा विशेष जोड दिने,स्वरोजगार युवा लक्षित कृषि तथा पशु पालन कार्यक्रम संचालन गरिेनेछ ,स्वच्छ मासु तथा दुग्ध उत्पादन तथा विक्री वितरणको लागि बजेट विनियोजन गरि कार्यक्रम संचालन गर्ने समेत जानकारी दिनुभएको छ ।कृषि तथा पशुपालन व्यवसायलाई वढि नाफामुखी व्यवसाय बनाउन आधुनिक प्रविधिमा जोड दिने,कृषि तथा पशु उत्पादन संकलन केन्द्र स्थापना मार्फत विक्री वितरणको व्यवस्था मिलाउने,कृषि शित भण्डार स्थापना गर्ने,बागमती सिँचाईको सुविधा नभएका उत्तरी भेगका कृषियोग्य जमिनमा भूमिगत सिँचाईको व्यवस्था गरि लाग्ने विद्युत शुल्कमा किसानलाई विशेष छुटको व्यवस्था गर्ने समेत उहाले बताउनु भयो ।हरेक सामुदायिक वनमा गरीने सामुयिक खेति तथा पशुपालन मार्फत एक सामुदायिक वनमा औषत ५० जनाका दरले करीव १५ सय जनालाई पुर्ण रुपमा रोजगारी वनाउने, वन तथा कृषि उपजमा आधारीत उद्योग मार्फत करीब ५ सयलाई पुर्णकालिन रोजगारी दिने,वगर खेति मार्फतलाई प्राथमिकता दिदैँ रोजगारी सृजना गर्ने नगर प्रमुखका उमेदवार आचार्यले जानकारी दिनुभएको छ । आफुले अधिकांश कुराहरु किसानहरुको कै हक हितको लागी राखेको र आफु नगर प्रमुखमा निर्वाचित भैसकेपछि घोषणा पत्र अनुसार नै काम गदै जाने समेत बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु