सर्लाही , २४ बैशाख //
सर्लाहीको मलंगवाबाट सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ४ का मिसरान अन्सारी रहेका छन्।
शुक्रवार मलंगवाको टावर चोकमा जांच गर्ने क्रममा ना २३ प ४४२७ नम्बरको मोटरसाइकल जांच गर्दा १३ ताेला १ सय ७३ लाल सुनका विभिन्न सामग्री बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति भरत खनियाँले जानकारी दिए ।
बरामद सुनको मूल्य करिब १३ लाख ९७ हजार ५ सय ४१ रुपैयाँ बराबर रहेको छ ।
बरामद भएको सुनलाई आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाईको तथा अन्सारिमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


