पर्सा , २४ बैशाख //
पर्साबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने जिल्लाको वीरगञ्ज महानगरपालिका १६ बाट भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० का २२वर्षीय असरफ अली रहेका छन्।
शुक्रबार पैदल हिडिरहेको निजलाई शंकास्पद अवस्थामा रोकी वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा उनको साथबाट नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।
बरामद लागूऔषधसहित पक्राउ परेका उनमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


