Thursday, April 30, 2026

एमाले गुटले संसद चल्न नदिएकोले नागरिकताको समस्या समाधान हुन सकेन : प्रचण्ड

पछिल्लाे समाचार


धनुषा , २४ बैशाख //
नेकपा एमालेको अवरोधको बाबजुद नागरिकताको समस्या समाधान हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

शनिवार धनुषाको मिथिला नगरपालिकाको बडहडी बजारमा माओवादी केन्द्र र जसपा गठबन्धनले आयोजन गरेको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले एमालेका सांसदले संसद चल्न नदिएका कारणले नागरिकताको समस्या समाधान हुन नसकेको बताएका हुन्।

उनले एमाले गुटले संसद चल्न नदिएको बताउंदै संसदमा बहस हुन नदिएकै कारण नागरिकताको समस्या ढिलो भएको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनकपुरधाममा बा–आमाको नागरिकता भए पनि छोराछोरीको नभएको लज्जास्पद स्थिति भएको
बताउंदै मधेशी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताए।

प्रचण्डले मिथिला नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामकुमार महतो र जसपाबाट उपमेयरकी उम्मेदवार मनुमाया मोक्तानलाई भाइ मत दिई विजयी गराउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु