Monday, May 4, 2026

सप्तकोशी नदीमा डुंगा पल्टिंदा एकजना बेपत्ता

पछिल्लाे समाचार


सप्तरी , ११ असार //
सप्तकोशी नदीमा डुंगा पल्टिंदा एकजना बेपत्ता भएका छन् । दाउरा झिक्न सप्तकोसी नदीमा डुंगा पल्टिंदा गएका सुनसरी बराह क्षेत्रका अमर विष्ट बेपत्ता भएका हुन् ।
बराहक्षेत्र नगरपालिका २ स्थित सप्तकोशी नदीमा डुंगा​ पल्टिँदा स्थानीय दुर्गा काफ्ले,टिकाराम वस्नेत,नितेस बस्नेत नदीमा डुबेका थिए।

स्थानीय हिमाल राईले उनीहरुको उद्धार गरिएको बताए।

उनीहरु सप्तकोशी नदीमा काठे डुंगा लिएर दाउरा खोज्न जाने क्रममा डुंगा पल्टिएको सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक निगम राईले जानकारी दिए।

बेपत्ता भएका विष्टको खोजी तथा उद्धार लागि गोताखोर टोली परिचालन गरिएको राईले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु