Thursday, April 30, 2026

घरको छतबाट लडेर महिलाको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी , १२ असार //
महोत्तरीमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेकी छन्।
गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु