Tuesday, April 28, 2026

सिरहामा ट्याक्टर पल्टिदा चालकको मृत्यु

पछिल्लाे समाचार


सिरहा , १६ असार //
सिरहामा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवराजपुर गाउँपालिका वडा ३
का ३५ वर्षीय बिनोद कुमार यादव रहेका छन्।

बुधबार दिउँसो स १ त ४५७१ नम्बरको ट्रयाकटर पल्टिदा किचिएर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार खेत जोतेर घर फर्किदै गर्दा स्थानीय दलु यादवको खेतमा ट्याक्टर फसेको थियो । अबेरसम्म ननिस्किदा चालक घर फर्केका थिए ।

बुधबार सोही टयाकटर निकालन जाँदा पल्टेर ट्याक्टर धनीसमेत रहेका यादवको किचिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए ।

मृतक चालक आफै ट्याक्टर धनी रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु