Wednesday, May 13, 2026

चन्द्रपुरका नगर प्रमुख काफ्ले लाई ज्ञापन पत्र

पछिल्लाे समाचार


रौतहट ,६ असार //
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले लाई ज्ञापन पत्र बुझाएका छन् ।

आईतबार नगरपालिका परिसरमा अपाङ्गता रहेका व्यक्तिहरूको लागि जिल्लामा क्रियाशील रहँदै आएका संस्थाहरुले संयुक्त रुपमा नगर प्रमुख काफ्ले र उप प्रमुख जयमाला कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन्।

दर्जनौंको संख्यामा उपस्थित फरक क्षमता भएका व्यक्तिहरू सहित संस्थाका प्रतिनिधिहरूले नगरप्रमुख काफ्ले र उप प्रमुख जयमाला कुमारी चौधरीलाई अपाङ्गताको सवालमा नगरपालिकाबाट आगामी नीति तथा कार्यक्रममा आफूहरुको विभिन्न समस्या र सुझावहरुलाई समावेश गराउन आग्रह गरेका छन् ।

रौतहट नेत्रविहिन संघ चन्द्रपुर, बहिरा विकास केन्द्र- नेपाल चन्द्रपुर र अपाङ्ग समन्वय संस्था रौतहटले संयुक्त रूपमा २५ बुँदे ज्ञापनपत्र नगर प्रमुख र उपप्रमुख समक्ष पेश गरेका हुन् ।

उनीहरूले देशको संरचनामा परिवर्तन आएसँगै स्थानीय सरकारले नेपालको संविधान ,नेपाल सरकारले अनुमोदन गरेका अपाङ्गता भएका नागरिकहरुको अधिकार सम्बन्धी महासन्धि साथै अपाङ्गता भएका ब्यक्तिहरुको विभिन्न अत्यावस्यक सवालहरुलाई स्थानीय स्तरमा निर्माण हुन लागेको कानुन, नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न चन्द्रपुर नगरपलिका समक्ष आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु