धनुषा ,१५ असार //
जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
अधिकारीको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरिले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


