रौतहट , ६ असार //
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएको छ। मूल्य बढाएसंगै पेट्रोलको मूल्य प्रतिलिटरमा १९९ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेल १९२ रुपैयाँ कायम भएको छ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।
हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।


