Thursday, April 30, 2026

पानीमा डुबेर सप्तरीमा एक युवकको मृत्यु

पछिल्लाे समाचार


सप्तरी , २८ असार //
पानीमा डुबेर सप्तरीमा एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ मुसहरी टोल बस्ने ३० वर्षीय को रामउदगार सदा रहेका छन् ।

सोमबार दिउँसोबाट तेल लिन भनि निस्केका सदा माझी पोखरीमा डुबेर मृत फेला परेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी पानीमा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु