सिरहा , २८ असार //
सिरहामा दुई युवकको शव फेला परेको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका १ स्थित बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।
सोमबार विहान सिरहा र धनुषा जोड्ने कमला नदीको ढोका छेउमा उनीहरुको शव फेला परेको उनले बताए।
दुबैजना ज ९ प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर उत्तर बाहिनी गएका थिए ।
शव फेला परेका दुबैजना मामा भान्जा रहेको र नदीले बगाएर दुबैजनालाई कमला ढोका छेउमा ल्याएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।


