Thursday, April 30, 2026

स्रोत नखुलेको रुपैयाँसहित सर्लाहीबाट एकजना पक्राउ

पछिल्लाे समाचार


सर्लाही , २४ असार //

स्रोत नखुलेको रुपैयाँसहित सर्लाहीबाट एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षाका अवधेश कुमार रहेका छन्।

शुक्रबार अपराह्न कुमारलाई नेपाली रुपैयाँ ५ लाख १० हजार ८ सय तथा भारतीय २ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कुमारले आफूसँग रहेको रकमको स्रोत जुटाउन नसकेको प्रहरीको भनाइ छ ।

भारतको सोनवर्षा बजारबाट बीआर ३० एक्स ३४६६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर खुट्टामा पट्टी बाँधी नेपाल तर्फा आउदै गरेका उनलाई शंका लागि जाँच गर्दा पट्टीभित्र ठूलो रकम बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति भरत खनियाँले जानकारी दिए ।

बरामद गरिएको रुपैयाँ, मोटरसाइकल र मोबाइल सेट मलंगवा भन्सारमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु