महोत्तरी , २४ असार //
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन्।
गएराती मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मण्डल गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा शुक्रवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोहि दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ ।


