रौतहट , २६ असार //
दुईबर्ष देखि बन्दरहेको रौतहटको गरुडा स्थित श्रीराम सुगर मिल्स लिमिटेडको सनिवार निरिक्षण तथा पुनः संचालनको लागि छलफल भएको छ।
श्रमहित उपभोक्ता एवं उधोग समितिको सभापति संघीय सांसद एवं पुर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरीता कुमारी गिरी,उमाशंकर अरगरीया, समितिको सचीव लगायतका पदाधिकारीहरु बन्द रहेको चिनी मिलको स्थलगत अनुगमन निरिक्षण गरि मिल संचालनको लागि छलफल गरेका छन ।
सभापति यादव सहितको टोलिले मिल निरिक्षण पस्चात उंखु उत्पादक संघ,कर्मचारी युनियन,तथा मजदुर संघका पदाधिकारी संग मिल संचालन बारे छलफल गरेका छन ।
सो क्रममा सभापति यादवले मिल संचालनको लागि उधोगीद्वय हृतेश गोल्छा र बिशाल अग्रवाल संग अबिलम्ब छलफल गर्ने बताएका थिए ।
उनलेे जिल्लाको धरोहरको रूपमा रहेको मिल पुनः संचालनको निमित्त भरपुर प्रयास गर्ने बताएका थिए । सोही क्रममा कर्मचारी युनियनका पदाधिकारीले मिल संचालन भएमा मिलमाथिको पुरानो बक्यौता रकम क्रमश बिस्तारै लिने बताएका थिए ।
छलफलमा उंखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव,सल्लाहकार रामभरोसी यादव, कर्मचारी युनियनका धिरेन्द्र यादव,सोनेलाल सहनी,रामकिशोर साह,राजदेव सहनी लगायतको सहभागिता रहेको थियो ।


