रौतहट , २६ असार //
रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गरुडा नगरपालिका ६ पठियाहिका महमद सैफुला रहेका छन् ।
कटहरिया नगरपालिका १ हर्षाहा गाउँ बाट खर लोड गरेर शुक्रबार राती घरतर्फ जान लागेको ना ०४ त ४१४२ नम्बरको ट्याक्टर लालबकैया नदीको बाँध बाट झन्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ।
घटनास्थलमै चालक सैफुलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर वीरेन्द्र पाश्वानले बताए । दुर्घटना शुक्रबार अबेर राति नै भएपनि शनिबार बिहान १० बजे प्रहरीलाई जानकारी भएको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।


