Wednesday, May 13, 2026

विद्यालायको शिक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ

पछिल्लाे समाचार


धनुषा , १५ भदौ //
धनुषाको एक प्राथमिक विद्यालायको शिक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ५ उध्दास्थित का स्थानिय केशव मण्डल रहेका छन्।

शुक्रबार राष्ट्रिय प्राथमिक विद्यालयमा पुगेर हो-हल्ला गर्दै शिक्षकमाथि हातपात गरेको आरोपमा मण्डल ६ दिनदेखि थुनामा छन्।

शुक्रवार मण्डलको समुह विद्यालयमा आएर कार्यालय सहयोगीसँग जबर्जस्ती हाजिर रजिष्टर पल्टाउन लगाए। त्यतिकैमा शिक्षिका पुनम मण्डल त्यहाँ पुगिन र रजिष्टर किन पल्टाएको भनेर सोद्दा मण्डल र स्थानीय युवाबीच वादविवाद हुन थाल्यो, उनीहरूले शिक्षिकालाई अभद्र गालीगलोज गर्न थाले। सोही विद्यालयमा कार्यरत शिक्षक मोहम्मद कलामले भने ,मैले ती युवाहरूलाई सम्झाउन खोज्दा उनीहरू ममाथिनै हातपात गर्न थाल्यो ।’

घटनापछि विद्यालयको प्रधानाध्यापक दुर्गा मण्डलले ती युवा विरुद्ध ईलाका प्रहरी कार्यालय खजुरीमा अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएपछि ती युवालाई खोजतलास गर्दै जादा दुईदिनपछि पक्राउ परेको प्रहरी निरीक्षक घिमिरेले जनाए। अहिले ती युवा ईलाका प्रहरी कार्यालय खजुरी प्रहरीको हिरासतमा छन्।

उनीमाथि अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

यस विषयमा अर्को पक्षले पनि विद्यालयका प्रधानध्यापकसहित चार जना विरुद्ध निवेदन दिने तयारी गरेका छन्। शिक्षिका पुनम मण्डल, उनको बुबा राजकुमार मण्डल, विद्यालयका प्रधानध्यापक दुर्गा मण्डल र शिक्षक मोहमद कलामविरुद्ध निवेदन दिने तयारी गरेका हुन्।

उनीहरुले विद्यालयको विद्यालयको सीसीटिभि फुटेज विद्यालय पक्षले डिलिट गरेको आरोप लगाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु