रौतहट , १५ भदौ //
चामलको कालो बजारी गर्ने १ जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका अन्दाजी ४४ बर्षीय राजेन्द्र प्रसाद गुप्तालाई पक्राउ गरेको हो।
सोमबार ९ः५५ बजेको समयमा जिल्लाको गौर नगरपालिका १ रामजानकी धर्मशाला स्थित चामल पसलमा छापामारी गरेको थियो ।
गुप्तालाई ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिन्ङ गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमालिएको हो ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सो पसलमा लोकल चामल–५० बोरा खुल्ला, २९२ बोरा प्याकिन्ङ, १२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान फेला पारी उक्त खाद्यान्य समाग्री सोहि स्थानमा सिलबन्दी गरेको थियो ।
गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आज मंगलबार कालो बजार मुद्दा शिर्षक अन्तर्गत जिल्ला प्रशासन कार्यालय, रौतहटबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी गराउनु भएको हो ।


