Monday, May 4, 2026

दुई बालिकालाई बेचविखनका लग्दै गरेको अवस्थामा तीनजना युवायुवती पक्राउ

पछिल्लाे समाचार


जनकपुरधाम , १७ भदौ //
जनकपुरधाम–जयनगर रेलबाट दुई बालिकालाई बेचविखनका लग्दै गरेको अवस्थामा तीनजना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेश कुमार मिश्र, जनकपुरधाम २३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोतरीको मटिहानी नगरपालिका २ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ईनर्वा रेल्वे स्टेसन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्लीतर्फ वेचविखन गर्ने उदेश्यले लगि रहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय खजुरीबाट खटेके प्रहरी टोलीले २ जना बालिकालाई उद्धार गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु