Tuesday, April 28, 2026

धनुषामा मोटरसाईकल दुर्घटना हुंदा एकजनाको मृत्यु

पछिल्लाे समाचार


धनुषा , २ असोज //
धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरधामबाट महेन्द्रनगर जाँदै गरेको प्रदेश २–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो ।
दुर्घटनामा परेर अन्दाजी ३० वर्षिय पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु